दफा ४७
हदम्यादभित्र फिराद गर्नु पर्ने

(१) कुनै अदालतमा फिरादपत्र दायर गर्न कानून बमोजिम कुनै निश्चित समयावधि तोकिएकोमा त्यस्तो समयावधिलाईहदम्यादकोव्यवस्था भएको मानिनेछ ।
(२) उपदफा (१) बमोजिम हदम्यादको व्यवस्था भएकोमा सम्बन्धित व्यक्तिले त्यस्तो हदम्यादभित्र अदालतमा फिरादपत्रदायरगर्नु पर्नेछ ।
(३) उपदफा (२) को प्रतिकूल हुने गरी कुनै व्यक्ति फिरादपत्र दायर गर्न अदालतमा उपस्थित भएमा निजको फिरादपत्रदर्ताहुने छैन र कुनै कारणवश दर्ता हुन गएको रहेछ भने पनि त्यस्तो फिरादपत्र खारेज हुनेछ ।